हामीसँग जोडिनुहोस

प्रधानमन्त्री प्रचण्डलाई मत नदिन एमाले सांसदहरूलाई पार्टीको ह्वीप

1 मिनेट

काठमाडौं,२६ असार।

नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति गरेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्।

एमाले र जसपाले साथ छाडेपछि अल्पमतमा परे पनि प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मतका लागि संसद् फेस गर्दै छन्। एमालेले त्यसदिन सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ।

सरकारलाई समर्थन गरेको कुनै दल विभाजन भएमा वा समर्थन फर्ता लिएमा ३० दिनभित्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ। कांग्रेस एमालेले अल्पमतमा परेकाले राजीनामा दिन आग्रह गरे पनि संवैधानिक सुविधा उपयोग गर्दै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।