हामीसँग जोडिनुहोस

चीनतर्फको आयात–निर्यात बढ्यो

1 मिनेट

२६ असार,काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले चालू वर्षको ११ महिनामा आयात र निर्यात नै घटेको जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले आयात १।८ प्रतिशतले र निर्यात ३ प्रतिशतले खुम्चिएको जानकारी दिएको हो ।तथ्यांकअनुसार कूल वस्तु निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा नेपालको निर्यात २२।७ प्रतिशलते घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ४।५ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ५७।७ प्रतिशतले बढेको छ ।

यस्तै,अन्य मुलुकतर्फको निर्यातमा १।७ प्रतिशतको गिरावट आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायत वस्तुको निर्यात बढ्दा पाम तेल, सोयाबिन तेल, ऊनी गलैँचा, ब्रान्स, चया लगायत वस्तुको निर्यात घटेको छ ।

यस अवधिमा आयातमा समेत गिरावट आएको छ । यो अवधिमा १।८ प्रतिशतले अर्थात १४ खर्ब ५३ अर्ब रुपैयाँले आयात घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतको गिरावट आएको थियो । वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३।१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात ३४।८ प्रतिशतले बढेको छ ।

अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर्स पार्टपुर्जा, तयारी पोशा, विद्युतीय उपकरण, हवाईजहाजको स्पेयस पार्टपुर्जा, लत्ताकपडा लगायत वस्तुको आयात बढेको छ भने कच्चा तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायत वस्तुको आयात घटेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।