
काठमाडौं,२७ असार।
जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।
पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेको थियो। अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि यादवले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन्।