
एजेन्सी,३१ असार ।
चीन र रुसले उत्तरी र पश्चिमी प्रशान्त क्षेत्रमा संयुक्त गस्ती गर्ने भएका छन्। चीनको रक्षा मन्त्रालयले यो अभ्यास कुनै अन्य मुलुकप्रति ‘लक्षित’ नभएको बताएको छ।
हालैका वर्षमा दुवै मुलुक नजिक भएका छन्। उनीहरूको मित्रतालाई ‘सीमाहीन’ भनिएको छ। दुवै मुलुकको अमेरिकी नेतृत्वको पश्चिमी रक्षा गठबन्धन नाटोसँग शत्रुतापूर्ण सम्बन्ध छ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणको सुरुआतपछि बेइजिङले मस्कोसँग आफ्नो कूटनीतिक, आर्थिक र सैन्य सम्बन्धलाई थप बलियो बनाएको छ।
युक्रेनमाथि रुसी आक्रमणको कहिल्यै निन्दा नगरेको चीनले द्वन्द्वमा आफू तटस्थ पक्ष रहेको बताएको छ। यद्यपि पश्चिमी नेताहरूले रुसलाई राजनीतिक र आर्थिक समर्थन दिएको भन्दै चीनको आलोचना गरेका छन्। यसमा नागरिक र सैन्य दुवै प्रयोग हुने सामानको व्यापार पनि समावेश छ।
‘चीन र रुसबीच वार्षिक योजना र सहमतिअनुसार दुई मुलुकका नौसैनिक जहाजहरूले हालै पश्चिमी र उत्तरी प्रशान्त महासागरमा आफ्नो चौथो संयुक्त सामुद्रिक गस्ती गरेका छन्”,
शुक्रबार चीनले उसको दक्षिणी तटमा रुससँग पनि संयुक्त सागर(२०२४ नामको अभ्यास गरिरहेको बताएको छ। नाटो नेताहरूले बेइजिङ युक्रेनमा मस्कोको युद्धको ‘निर्णायक समर्थक बनेको’ घोषणा गरेपछि र जापानले मस्कोसँग बेइजिङको बलियो सम्बन्धबाट बढ्दो खतराको चेतावनी दिएपछि संयुक्त सैन्य अभ्यास भएको हो। बेइजिङले ती आलोचनालाई अस्वीकार गरेको छ।