हामीसँग जोडिनुहोस

नवनियुक्त प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै

1 मिनेट

काठमाडौं,

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन्।

बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ। सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।

ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन्। ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्।राष्ट्रपति पौडेलले संविधानको धारा ७६ ९२० बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नेपाली कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो। यही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन्।

ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री भएका थिए। संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले उनले १० महिना सरकार सञ्चालन गरे।

२०७४ फागुन ३ गते उनी दोस्रोपटक प्रधानमन्त्री बने। त्यतिवेला उनले तीन वर्ष तीन महिना सरकार चलाए।वैशाख ३० गते तेस्रोपटक प्रधानमन्त्री बनेका ओली दुई महिना मात्र सत्तामा रहेका थिए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।