
श्रावण २३ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख ढलेर जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव घाइते भएका छन् । उनिहरु छोरा क्रितिक यादवको उपचार गराइरहँदा रुख ढलेर घाइते भएका हुन । रुखले पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को.२.ह. ५५७५ नम्बरको टेम्पोलाई समेत पूर्णरुपले क्षति पुर्याएको छ ।