हामीसँग जोडिनुहोस

६ वटा उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय

1 मिनेट

८ साउन,काठमाडौँ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूको काटिएको लाइन जोड्ने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणले जनाएको छ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा नियमाअनुसार फेरि बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने निर्णय गरिएको छ।

लोडसेडिङका बेला ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली खपत गरेका उद्योगीले अर्बौँ रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले बताउँदै आएको छ। उद्योगीहरूले भने बिजुली खपतको प्रमाणसहित पठाइएको महसुल तिरिसकिएको र प्रमाणबिनाको महसुल तिर्न नसक्ने बताउँदै आएका छन्।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग यसबारेमा छलफल गरेका थिए। सो क्रममा घिसिङले प्राधिकरणको सञ्चालक समितिमा प्रस्ताव लैजाने बताएका थिए। सोही अनुसार प्राधिकरणले बिजुली जोड्ने निर्णय गरेको हो। विपक्षी दलहरूले भने उठाउनुपर्ने महसुल नउठाएर अनियमितताको आशंका गर्दै आएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।