काठमाडौं, ८ साउन । बागमती प्रदेश सरकारमा भक्तपुरका किरण थापाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । एमालेको भागमा परेको ६ वटा मन्त्रालय मध्ये एमाले भक्तपुरका जुझारु एवं विकासप्रेमी युवा नेता किरण थापालाई नेकपा एमालेले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको हो ।
वागमति प्रदेश सरकारले आजै मन्त्रीमण्डल बिस्तार गर्ने भएको छ । जसमा एमालेबाट किरण थापा सहित काठमाडौंका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपंक्षी मन्त्रालय, काठमाडौंकै अमन कुमार मास्केलाई भौतिक पूर्वाधार मन्त्रालय, ललितपुरका प्रेम भक्त महर्जनलाई श्रम तथा रोजगार यातायात मन्त्रालय, सिन्धुलीका सुकमाया तामाङलाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र चितवनका कृष्णप्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ । यसका लागि एमालेले मन्त्रीमा सिफारिस गरेको छ ।