हामीसँग जोडिनुहोस

कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

1 मिनेट

काठमाण्डौं, ८ साउन । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ ।

नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश प्रमुख शर्माले आज बेलुका ५ बजेभित्र बहुमतको सरकार गठनका लागि अस्ति आइतवार आह्वान गर्नुभएकाे थियो । लामा नुवाकोटको प्रदेश सभाबाट निर्वाचित हुनुहुन्छ ।

बाग्मतीमा यसअघि एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेकोमा एमाले र कांग्रेस मिलेपछि उहाँले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्रीसँगै बाग्मतीमा मन्त्रालयको समेत भागबन्डा टुङ्गिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।