
भक्तपुर, ८ साउन : भक्तपुर नगरपालिका‐८ लिवालीस्थित ब्रम्हलाल गणेशको घरमा कोठा भाडामा लिई जुवातास खेलाउने सूर्यविनायक नगरपालिका‐४ दधिकोटका ३७ वर्षीय रामेश्वर खड्कासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मारी नगद एक लाख ६० हजार ५०० सहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
जुवाखालबाट पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका‐५ छालिङ बस्ने ७६ वर्षीय सानुप्रसाद बन, चानपा‐५ पिखेलका ६२ वर्षीय केदार बहादुर केसी, सोही ठाउँका ५५ को ईन्द्र थापा, चानपा‐७ बागेश्वरी बस्ने ६२ वर्षीय बाबुकाजी श्रेष्ठ, सोही ठाउँका ५२ वर्षीय राजकुमार पाण्डे, चानपा‐७ छालिङ बस्ने ४० वर्षीय माधब बस्नेत, सूर्यविनायक‐८ सिपाडोलका ४० वर्षीय श्याम मठैया, भक्तपुर नपा‐१० कमलबिनायक बस्ने ५६ वर्षीय रामसुन्दर मारिखु र काभ्रे कात्तिके देउरालि गा.पा‐४ घर भई हाल भक्तपुर भानेचोक बस्ने ३५ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।
पक्राउ पर्ने सबैलाई आज सार्वजनिक गर्दै प्रहरीले हिरासतमा राखेर जुवा सम्बन्धी कसूरमा पेश गरी थप अनुसन्धान कार्य गरिरहेको उहााले जानकारी दिनुभयो ।‐‐‐