हामीसँग जोडिनुहोस

नेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना 

1 मिनेट

काठमाडौं, ८ साउन । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले आन आगामी फ्रान्सको पेरिसमा हुने पेरिस २०२४ पारा ओलम्पिकमा सहभागी हुने टिम तयारीका लागि वैदेशिक प्रशिक्षण गर्न मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतको म्यान्चेस्टर शहरमा जाने पारा तेक्वान्दो खेलाडी तथा टिम अफिसियलहरुलाई बिदाई गरिएको छ । मन्त्रालयमा आयोसिजत कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङ्ग समेतको उपस्थितिमा खेलाडी पलेशा गोवर्धन, भरत सिंह महता, प्रशिक्षकक विराज नेगीलामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई बिदाई तथा शुभकामना व्यक्त गरियो ।

पेरिस २०२४ पारा ओलम्पिक गेम्स्लाई मध्यनजर गरी मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको म्यान्चेस्टर शहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा जुलाई २५, २०२४ देखि अगस्ट २३ सम्म पारालम्पिक प्रिपेरेसन क्याम्पमा सहभागी भई वैदेशिक प्रशिक्षणका लागि नेपालीपारा तेक्वान्दो टोली त्यसतर्पm जुलाई २४, २०२४ मा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उक्त वैदेशिक प्रशिक्षण पश्चात पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी हुन नेपालीपारा तेक्वान्दो टोली २३ अगस्ट, २०२४ मा म्यान्चेष्टरबाट फ्रान्स् प्रस्थान गर्नेछ ।
खेलाडी भरत सिंह महताको २९ अगस्टको दिनके-४४, पुरुष ५८ के.जी मुनि तौल समूहमा र खेलाडी पलेशा गोवर्धनको ३० अगस्टको दिनके-४४, महिला ५७ के.जी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।