हामीसँग जोडिनुहोस

निष्पक्ष र निष्कलंकित भएर जनताको पक्षमा काम गर्नेछु : मन्त्री किरण थापा

2 मिनेट

भक्तपुर, १२ साउन : वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा पहिलो ट्रमा सेन्टर सञ्चालनमा ल्याउने बताउनु भएको छ ।
नेपाल प्रेस सोसाइटीले आज सूर्यविनायकमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले पूर्वको सवारी साधनको मुख्य आगमन भक्तपुर भएकाले यहाँ हुने दुर्घटनाका बिरामीलाई लक्षित गरेर ट्रमा सेन्टर सञ्चालनमा ल्याउने बताउनु भयो ।

मन्त्री थापाले भन्नुभयो, “म वडाध्यक्ष हुँदा स्थापना गरेको सूर्यविनायक नगर अस्पताललाई भक्तपुरकै पहिलो ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्नेछु, पूर्वबाट दैनिक हजारौ सवारी साधन आउने र यहाँ हुने दुर्घटनामा परेको विबरामीको उपचारका लागि बीर अस्पतालमा पर्याप्त ठाउँ नहुने र निजी अस्पतालले मंहगो शुल्क लिने भएकाले सरकारी स्तरमै प्रदेश सरकाबाट भक्तपुरमा पहिलो ट्रमा सेन्टरसञचालनमा ल्याउने छु ।”
सूर्यविनायक नगर अस्पताल नगर भित्रको मात्रै अस्पताल नभई अरनिको राजमार्गदेखि विपि राजमार्गहुदै सवारी साधन ओहोर गर्ने मुख्य नाका भएकाले उपचारका लागि केन्द्रीय राजधानी आउने पूर्वी जिल्लाका बिरामीका लागि लक्षित गरि यस अस्पताललाई सुबिधा सम्पन्न अस्पतालको रुपमा बिकास गर्दै ट्रमा सेन्टर समेत बनाइने बताउनु भयो ।

उहाँले केन्द्रीय सरकारले समयमै बिमाको रकम भुक्तानी नगर्दा जिल्ला अस्पतालहरुलाई फार्मेसी सञ्चालनमा निकै समस्या परेृको बताउदै एउटै अस्पतालमा १९ करोड रुपैयासमेत बिमाको बक्यौता बाँकी रहेकोले अस्पताललाई समस्या परेको बताउनुभयो ।

औषधि टेण्डरमा हुने आर्थिक चलखेललाई रोक्ने बताउदै उहाँले औषधिमा ७४ प्रतिशतसमेत बिलो आएर टेण्डर हुने गरेको भन्दै यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । मन्त्री थापाले प्रदेशस्तरीय स्वास्थ्य बिधेयक छिट्टै पास गराएर जिल्ला अस्पताललाई नर्सिङ्ग कलेज सञ्चालनको बाटो खोलिदिने बताउदै प्रदेश सरकारले स्वास्थ्य क्ष्गेत्रमा छुट्याएकोृ रु. चार अर्ब आठ करोडको बजेटलाई व्यबस्थित रुपमा आवशयकताका आधारमा परिचालन गरिने बताउनुभयो ।

जिल्ला अस्पतालहरुको स्तरोन्नती गरिने, दरबन्दी थप गरिने, अत्यावश्यक प्राबिधिक सानमग्री एवं मेशिनहरु थप गरिने र जनतालाई सहज स्वास्थ्य पहुँच पुर्याउने गरि मन्त्रालय अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुर अस्पताललाई सिटी स्क्यानका लागि रु. आठ करोडको टेण्डरको प्रक्रिया अगाडि बढेको, भक्तपुर अस्पतालसहित अन्य तीन अस्पतालमा मेमोग्राफी मेशिन सञ्चालनमा ल्याउन एक करोडको दरले बजेटछ व्यबस्थापन गरेका ख्वप अस्पताललाई सिटी स्क्यान सञ्चालनमा ल्याउन रु. पाँच करोडको बजेटको व्यबस्था गरेको भन्दै उहाँले वागमति प्रदेशका १३ वटा जिल्ला अस्पतालको गुणस्तरीय सेवा सहितको स्तरोन्नती गरिने बताउनुभयो ।

कार्यक्रममा सोसाइटीका अध्यक्ष उपेन्द्र केसी, सूनपा‐८ का वडाध्यक्ष पुष्पराज बस्नेत, नेपाल पत्रकार महासंघका सल्लाहकार पुष्करराज बुढाथोकीलगायतलेमन्त्री थापाले स्वास्थ्य क्षेत्रमा रहेको समग्र बेथितिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।