काभ्रे,१२ साउन।
बनेपामा रहेको शिर मेमोरियल अस्पतालको आइसियुमा तोडफोड भएको छ। अस्पतालमा उपचार गराइरहेकी एक सुत्करीको ज्यान गएपछि पीडितका आफन्तले आइसियुमा तोडफोड गरेका हुन्।
साउन ९ गतेदेखि बनेपा नपा ३ नालाकी ३२ वर्षीया इश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन्। हिजो शुक्रबार दिउँसो उनले नर्मल डेलिभरीमार्फत छोरा पाएकी थिइन्। तर, सुत्केरी भएपछि उनको अवस्था गम्भीर बनेको थियो। रक्तश्राव धेर भएसँगै उनको पाठेघरको शल्यक्रियासमेत गरिएको थियो।
अप्रेसनपछि आइसियुमा राखेर उपचार भइरहेकोमा गएराती सवा ११ बजे उनका आफन्तहरूले आइसियुमा तोडफोड गरेका थिए।