हामीसँग जोडिनुहोस

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

1 मिनेट

काठमाडौं,१३ साउन

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्षको जुलाई २८ मा हेपाटाइटिसविरुद्धको दिवस मनाउने गरिन्छ। यो वर्ष ‘यो काम गर्ने समय हो’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ। हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ।

कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म गरी पाँच प्रकारका हुन्छन्।

तुलनात्मक रुपमा हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुने गर्छ। ज्वरो आउनु, शरीर पहेँलो हुनु, वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु, जिउ दुख्नु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु आदि यो रोगको लक्षण हुन्।

दुषित पानी तथा खानेकुराको सेवन गर्नाले सरसफाइमा ध्यान नदिनाले, पानी, विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हेपाटाइटिस सम्बन्धि रोगबाट प्रत्येक एक सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने गरेको छ। हेपाटाइटिस बी र सीबाट मात्रै हरेक वर्ष ११ लाख मानिसको मृत्यु हुने गरेको र २ दशमलब २ मिलियन नयाँ विरामी थपिने गरेका विश्व संगठनको तथ्यांक छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।