हामीसँग जोडिनुहोस

गत एक वर्षमा १ लाख बढी विद्यार्थीले लिए एनओसी

1 मिनेट

१७ साउन, काठमाडौं ।

आर्थिक वर्ष २०८०र०८१ मा एक लाख बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र( ९एनओसी० लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको १ साउन २०८० देखि ३१ असार २०८१ सम्मको तथ्यांक अनुसार एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।

तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७३१, क्यानडाको लागि १५ हजार ९८२, अष्ट्रेलियाको लागि १४ हजार ३७२ र युकेको लागि १३ हजार ३३९ जनाले एनओसी लिएका छन् ।यस्तै अमेरिकाको लागि ११ हजार २६१, कोरियाको लागि ६ हजार ८८९, भारतका लागि दुई हजार ३८९ लगायत विभिन्न देशको लागि एनओसी लिएका छन् ।

वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार ३३ हजार बढीले जापानीज भाषा अध्ययनका लागि एनओसी लिएका छन् । तथ्यांक अनुसार ३३ हजार ६९७ जनाले जापानीज भाषाको लागि एनओसी लिएका हुन् ।

त्यस्तैगरी २८ हजार ८९१ जनाले व्यवस्थापन विषय अध्ययन गर्नका लागि, १० हजार २९ जनाले बीजनेस अध्ययनका लागि, सूचना प्रविधि पढ्नका लागि ५ हजार ९११ जनाले, विज्ञान पढ्नका लागि ५ हजार ३८४ जनाले, कम्प्युटर विज्ञान पढ्नको लागि ४ हजार ९९२ जनाले, स्वास्थ्य पढ्नका लागि ४ हजार १५९ जना, विज्ञान प्रविधिको लागि ४ हजार १०२ लगायत विभिन्न विषयमा अध्ययन गर्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

 

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।