हामीसँग जोडिनुहोस

काठमाडौं विश्वविद्यालयमा उड्डयन व्यवस्थापन पढाइ हुने

1 मिनेट

काभ्रे,२१ साउन ।

काभ्रेको बनेपामा उड्डयन व्यवस्थापन एभिएसन म्यानेजमेन्ट विषयमा पढाइ हुने भएको छ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय केयू स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा यहाँ स्नातक तहमा पढाइ हुने भएको हो।

भेञ्चरका अध्यक्ष रामेश्वर थापाका अनुसार चार वर्षे तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ।

यस्तै चार वर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थानसहितका पाठ्यक्रम समावेश हुने जनाइएको छ। ‘

विद्यार्थीले जटिल परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने तथा दबाबमा काम गर्ने तरिका र विभिन्न सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा शिक्षण गराइनेछ

यो वर्ष ३३ विद्यार्थी भर्ना गर्ने केयूले बताएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।