काठमाडौँ,२३ साउन ।
सेन्ट्रल एशियन भलिबल एसोसिएशन ९काभा० महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ। पाँचौँ सेट १५(५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् ९राखेप० कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३(२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो।
२(१ सेटले अगाडि रहेको नेपाल फेरि भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको छ। लिग चरणको खेलमा भने नेपालले भारतलाई ३(२ सेटमा पराजित गरेको थियो।
नेपालले पहिलो सेट २५(२३ ले जितेको थियो। भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०(२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो।
दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५(१४ को फराकिलो अन्तरले जित्यो।प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५(२२ ले जितेर २(१ को अग्रता लिएको थियो।
फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५(२१ बाट भारतले जितेर खेल २(२ को बराबरीमा ल्यायो।यसअघि भएको खेलमा इरानले सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो भयो।सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३(० को सेटमा पराजित गरेका थिए।