हामीसँग जोडिनुहोस

साधारण सभा सकेर प्रतिवेदन पेश गर्न सहकारीलाई महानगरको निर्देशन

1 मिनेट

काठमाडौँ,

काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सहकारीहरूलाई नियमनमा ल्याउन कडाइ गर्न थालेको छ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारण सभाबाट पारित प्रतिवेदन पेश गर्न सहकारीहरूलाई निर्देशन दिएको छ।

महानगरपालिकाका अनुसार सहकारी ऐन, २०७४ को दफा ३९९२० तथा काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८९२० एवं दफा १०४ बमोजिम उक्त निर्देशन दिइएको हो।‘काठमाडौंँ महानगरपालिकाभित्र मात्र कार्य क्षेत्र भएका सहकारी संस्थाहरूले आगामी २०८१ पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारण सभाबाट पारित प्रतिवेदन काठमाडौँ महानगरपालिका सहकारी विभागमा बुझाउन हुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।

महानगरपालिकाले केही दिनअघि सूचना नै जारी गरेर पछिल्लो समय सहकारीसम्बन्धी गुनासो बढ्दै गएको भन्दै वडा कार्यालयहरूमै उजुरी तथा गुनासो दर्ता गर्न पनि आग्रह गरेको छ।

महानगरपालिकाका अनुसार पछिल्लो समय बचत रकम फिर्ता मागसम्बन्धी बचतकर्ताको गुनासो दिनानु बढ्दै गएपछि वडामै गुनासो दर्ता गर्न भनेको हो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।