हामीसँग जोडिनुहोस

नेपालमा गत आर्थिक वर्ष ११ हजार विद्युतीय कार भित्रिए

2 मिनेट

२५ भदौ,काठमाडौँ ।

नेपालमा गत आर्थिक वर्ष २०८०-८१ मा ११ हजार ७०१ विद्युतीय कार, जीप भित्रिएका छन् । यो अघिल्लो वर्षका तुलनामा झण्डै तीन गुणा बढी हो । आव २०७९(८० मा ४ हजार ५० वटा विद्युतीय कार, जीप भित्रिएका थिए ।

विद्युतीय सवारी मात्रै होइन, गत आवमा सार्वजनिक सवारीका रूपमा प्रयोग हुने विद्युतीय बस, माइक्रो बसको आयात पनि उल्लेख्य बढ्यो । गत वर्ष १ हजार ३३० वटा विद्युतीय बस, माइक्रो बस र मिनी बस आयात भएको तथ्यांक छ । गत आवमा ९ हजार तीनपांग्रे विद्युतीय टेम्पो पनि भित्रिएका छन् ।

ईभीको प्रयोग बढे पनि यसको ‘इकोसिस्टम’ विकासमा भने ध्यान पुगेको छैन । विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारी निकाय र निजी क्षेत्र दुवै उदासीन देखिन्छन् । नेपाल विद्युत् प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । २०८० को भदौमा प्राधिकरणले एकैसाथ देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो । त्यसपछिको एक वर्षको अवधिमा थप ११ वटा स्टेसन सञ्चालन भएका छन् ।यी स्टेसन देशका मुख्य राजमार्ग र आसपासका बजारमा छन् । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वेजियन सरकारको प्राविधिक सहयोगमा तयार भएका चार्जिङ स्टेसन निर्माण गर्न झन्डै ४० करोड रुपैयाँ खर्च भएको छ ।

गएको वर्षको दसैँ र तिहारमा चार्जिङ स्टेसन पर्याप्त नहुँदा राजमार्गका सीमित स्टेसनहरूमा गाडीको भीड लागेको थियो । चार्जका लागि घण्टौँ कुर्नुपरेको गुनासो उत्तिकै थियो । यो वर्ष यो अवस्था झन् बढ्ने देखिन्छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप ५ चार्जिङ स्टेसन सिंहदरबारभित्र सञ्चालन गरिरहेको छ । निजी क्षेत्रसहित देशभर करिब ४०० चार्जिङ पोटए चलिरहेको प्राधिकरणले जनाएको छ । यसबाट दैनिक ३ लाख युनिट विद्युत् खपत भइरहेको छ । तर यो पर्याप्त नभएको प्राधिकरणकै निष्कर्ष छ ।

गएको वर्षको दसैँ र तिहारमा चार्जिङ स्टेसन पर्याप्त नहुँदा राजमार्गका सीमित स्टेसनहरूमा गाडीको भीड लागेको थियो । चार्जका लागि घण्टौँ कुर्नुपरेको गुनासो उत्तिकै थियो । यो वर्ष यो अवस्था झन् बढ्ने देखिन्छ । किनभने यो वर्ष सडकमा करिब १२ हजार ईभी थपिएका छन् तर चार्जिङ स्टेसन भने ११ वटा मात्रै । नेपालमा उपलब्ध सवारी साधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।