
काठमाडौं,२५ भदौ।
संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची छ।
दिउँसो १ बजे बस्ने बैठकमा शहरी विकासमन्त्री प्रकाशमानसिंह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसंग मौखिक प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको छ।
यस्तै बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
मन्त्री गुरुङले नै ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारितका लागि प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट महान्यायाधिवक्ताको वार्षि प्रतिवेलन, २०७९र०८० पेश हुनेछ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको पाँचौँ वार्षिक प्रतिवेदन २०८०र०८१ पेश गर्नेछन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची पनि छ।
Related
अन्य समाचार
नगरकोटमा पत्रकारसंग नगर प्रमुख जीवन खत्रीले भन्नुभयो : समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि कलम चलाइदिनुहोस्
चाँगुनारायण मन्दिरमा नगर प्रमुख जीवन खत्रीद्धारा कलाकारलाई क्यान्भास हस्तान्तरण
चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीद्धारा एसईईमा चार जिपिएसहित उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान