==============================================================
सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिकास गर्ने बताउदै मन्त्री थापाले भन्नुभयो, “म वडाध्यक्ष हुँदा कोरोना महामारी कालमा स्थापना गरेको सूर्यविनायक नगर अस्पताललाई भक्तपुरकै पहिलो ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्नेछु, पूर्वबाट दैनिक हजारौ सवारी साधन आउने जाने क्रममा हुने दुर्घटनामा परेको घाइतेको छिटो, सहज र सस्तोमा उपचार गर्ने लक्ष्यका साथ सरकारीस्तरमै प्रदेश सरकारबाट भक्तपुरमा पहिलो ट्रमा सेन्टरको रुपमा यस अस्पतालको बिकास गर्नेछु ।”
==============================================================
भक्तपुर, । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सूर्यविनायक नगर अस्पताललाई रु. ४५ लाख बराबरको बिभिनन प्राबिधिक सामग्री एवं औषधिहरु प्रदान गर्नु भएको छ ।
सूर्यविनायक नगरपालिकाले जगातीमा २५ रोपनी क्षेत्रफलमा सञ्चालन गरेको ५० शय्याको सूर्यविनायक नगर अस्पताललाई आकस्मिक कक्ष, आइसियू, एनआईसियू, प्रसुति सेवा लगायतका बिभिन्न स्वास्थ्य सेवाका लागि अत्यावश्यक प्राबिकिध सामग्रीहरु र औषधिहरु प्रदान गर्नु भएको हो ।
उहाँ मन्त्री भएलगत्तै अस्पतालले सेवा बिस्तारका लागि माग गरेको सामग्रीहरु छिटो व्यबस्थापन गर्दै मन्त्रालयका स्वास्थ्य आपूर्ति व्यबस्थापन केन्दका निर्देशक बसन्त अधिकारी, महाशाखा प्रमुख गेश्वर गेलालसहितको उपस्थितिमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रो.डा.राकेशकुमार बर्मालाई मन्त्री थापाले सामानहरु हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिकास गर्ने बताउदै मन्त्री थापाले भन्नुभयो, “म वडाध्यक्ष हुँदा कोरोना महामारी कालमा स्थापना गरेको सूर्यविनायक नगर अस्पताललाई भक्तपुरकै पहिलो ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्नेछु, पूर्वबाट दैनिक हजारौ सवारी साधन आउने जाने क्रममा हुने दुर्घटनामा परेको घाइतेको छिटो, सहज र सस्तोमा उपचार गर्ने लक्ष्यका साथ सरकारीस्तरमै प्रदेश सरकारबाट भक्तपुरमा पहिलो ट्रमा सेन्टरको रुपमा यस अस्पतालको बिकास गर्नेछु ।”
यो अस्पताल नगर अस्पताल मात्रै नभई अरनिको राजमार्गदेखि विपि राजमार्गहुदै सवारी साधन ओहोर गर्ने मुख्य नाका भएकाले उपचारका लागि केन्द्रीय राजधानी आउने पूर्वी जिल्लाका बिरामीका लागि लक्षित गरि यस अस्पताललाई सुबिधा सम्पन्न अस्पतालको रुपमा बिकास गर्ने बताउनुभयो ।
औषधि टेण्डरमा हुने आर्थिक चलखेललाई रोक्ने बताउदै उहाँले औषधिमा ७४ प्रतिशतसमेत बिलो आएर टेण्डर हुने गरेको भन्दै यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । मन्त्री थापाले जिल्ला अस्पताललाई नर्सिङ्ग कलेज सञ्चालनको बाटो खोलिदिने बताउदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएकोृ रु. चार अर्ब आठ करोडको बजेटलाई व्यबस्थित रुपमा आवश्यकताका आधारमा परिचालन गरिने बताउनुभयो ।
भक्तपुर अस्पताललाई सिटी स्क्यानका लागि रु. आठ करोडको टेण्डरको प्रक्रिया अगाडि बढेको, भक्तपुर अस्पतालसहित अन्य तीन अस्पतालमा मेमोग्राफी मेशिन सञ्चालनमा ल्याउन एक करोडको दरले बजेट व्यबस्थापन गरेको ख्वप अस्पताललाई सिटी स्क्यान सञ्चालनमा ल्याउन रु. पाँच करोडको बजेटको व्यबस्था गरेको भन्दै उहाँले वागमति प्रदेशका १३ वटा जिल्ला अस्पतालको गुणस्तरीय सेवा सहितको स्तरोन्नती गरिने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “वागमति प्रदेश भित्रका धेरै ठाउँका जनता अहिले पनि स्वास्थ्यको सहज पहुँचबाट बाहिर हुनुहन्छ, मलाई थाहा छ अहिले पनि सिटामोल समेत नपाएर ज्यानै जाने अबस्था गाउँ गाउँमा छ, अब त्यस्तो अबस्थाको अन्त्य गर्नेछु, उपचार नपाएर ज्यान जाने अबस्थाको अन्त्य गर्नेछु ।”
उहाँले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अबस्था बुझ्न जिल्ला अस्पतालहरुको अनुगमन सुरु गरेको बताउदै त्यहाँको स्वास्थ्य सेवाको गुणस्तरीयता, भौतिक संरचनाको अबस्था र सुधार गर्नु पर्ने विषयको जानकारी लिएर आवश्यक व्यबस्थापन गर्ने बताउनुभयो ।
उहाँले कतिपय जिल्लाका ग्रामिण क्षेत्रमा अझै पनि एम्बुलेन्स नपाएर स्टेचर र डोकोमा बिरामी बोकेर लैजानु पर्ने अबस्था रहेको भन्दै प्रत्येक जिल्लामा एम्बुलेन्सको व्यबस्था गर्ने गरि तयारी गरेको बताउनुभयो ।
आफू मन्त्री भएकै दिन क्यान्सर पीडितलाई एकलाख रुपैयाँ अनुदान दिने निणर्य कार्यान्वयनमान आइसकेको बताउदै उहाँले अब भक्तपुर र पूर्वका जनताले गुणस्तरीय उपचार सेवा खोज्दै मनोहरा खोला काटेर काठमाडौँ छिर्न नपर्ने गरि यहाँका सरकारी अस्पतालको स्तरोन्नतीमा लागेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका सुपरिटेण्डेन्ट प्रो. डा. बर्माले मन्त्री थापाले वागमति प्रदेश मन्त्रालयबाट उपलब्ध गराएको अस्पतालका प्राबिधिक सामग्री र औषधिले यहाा आउने बिरामीको उपचार सेवामा प्रभावकारी हुने बताउनुभयो ।