काठमाडौं : १ असोज।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा र विज्ञान दिवस छुट्टाछुट्टै मनाउने भएको छ।
असोज १ गते विज्ञान र २ गते शिक्षा दिवस मनाउन लागिएको मन्त्रालयले जानकारी दिएको हो।विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो।
त्यसैगरी शिक्षा दिवसको नारा ‘ज्ञान विज्ञान सीप उद्यम र मौलिक साझेदारी र प्रणालीगत सक्षमता’ रहेको छ। दिवसका अवसरमा यस वर्ष उत्कृष्ट विद्यालय, क्याम्पस शिक्षक तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत समेत गरिने जनाइएको छ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक, विज्ञानमा साचो वा वैज्ञानिक खोज, अनुसन्धान सोचको प्रवर्धनमा लागेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।