हामीसँग जोडिनुहोस

आलेख : सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय

6 मिनेट

भक्तपुर, ३१ भदौ :  महिला कार्यालय प्रमुखले सञ्चालन गरेको कार्यालय सेवाग्राहीमैत्री र उत्कृष्ठ हुन्छ भन्ने नमूना भक्तपुरले देखाएको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारीदेखि बिभिन्न सरकारी कार्यालयमा प्रमुखका रुपमा कार्यरत यहाँका १० जना कार्यालय प्रमुखले यतिखेर भक्तपुरका सेवाग्राहीको कुनै गुनासो नआउने गरि कार्य सम्पादन गरेर नमूना प्रस्तुत गरेका हुन् ।

भक्तपुरको शान्ति सुरक्षादेखी शिक्षा, स्वास्थ्यलगायत विभिन्न ११ सरकारी कार्यालयको कमाण्ड सम्हाल्दै आएका महिला कार्यालय प्रमुखहरुको जनमुखी र बिवादरहित उत्कृष्ठ कार्यले अवसर पाउँदा महिलाहरुले जनताको मन जित्ने गरि काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले शनिबारबाहेक सार्वजनिक बिदामा समेत कार्यालयमा आफै उपस्थित भएर सेवाग्राहीलाई सुेवा र सुबिधा दिदै जिल्लाको शान्ति सुरक्षा व्यबस्थासेत कायम गर्न सफल भएको भन्दै राजनीतिक बृत्तमा समेत उच्च प्रंशसा हुने गरेको छ । भक्तपुरको प्रमुख मानिने बिस्केट जात्रा यसवर्ष शान्तिपूर्ण, झैझगडा रहित र ज्यान नगई जात्रा सम्पन्न भएपछि प्रजिअ श्रेष्ठले जिल्लामा उच्च प्रंशसा बटुल्नु भएको थियो ।

जिल्लाका सिडिओलाई भेट्न जनतालाई निकै गाह्रो महसुस भइरहँदा यहाँका जनताले २०८० भदौदेखि भक्तपुरको प्रजिअको जिम्मेवारी सम्हाल्दै आउनु भएकी श्रेष्ठले आमनागरिकको समस्या समाधानका लागि सिधै आफूले नागरिकसंग सहज रुपमा भेटेर गुनासो सुन्ने र समस्या समाधान गर्न थालेपछि धेरैमा न्यायको आशा पलाएको छ ।
सिधै प्रजिअको कक्षमा महिलाहरु समस्या लिएर जाने मात्रै होइन, जिल्ला बाहिरका समस्या समेत सम्बन्धित जिल्लाका प्रजिअहरुसंग समन्वय गर्दै समस्या समाधान गर्ने गरेपछि महिलाहरुको समेत मन जित्न सफल हुनु भएको गैरसरकारी संस्था महासंघ भक्तपरकी अध्यक्ष अनिता पाण्डेले बताउनुयो ।

सार्वजनिक विदामा आफै कार्यालयमा उपस्थित भएर दिएको सेवादेखि यसवर्षको बाढी पीडितको उद्धारदेखि राहतको व्यबस्थामा समेत आफै फिल्डमा खटिएर जनप्रेमी सिडिओको नमूना प्रस्तुत गर्नु भएको उहाँले बताउनुभयो । त्यसो त यसअघि पनि भक्तपुरको प्रजिअ सम्हाल्नु भएका रुद्रादेवी शर्मा र हुमकला पाण्डेले पनि उत्कृष्ठ कार्यको चर्चा पाउनु भएको थियो ।

प्रजिअ श्रेष्ठ भन्नुहुन्छ, ‘भक्तपरमा जनताको गुनासो आउँन नदिने गरि काम गरिरहेका छाँे, हामी जिल्लाका बिभिन्न कार्यालयमा महिला कार्यालय प्रमुखहरुले पनि सोही अनुसार काम गर्नु भएको छ । सरकारी कार्यालयहरुलाई जनता दुःख नदिने र आजको काम आजै सक्ने गरि काम गर्न कार्यालय प्रमुखको बैठकहरुमा निर्देश गरिरहेका छु । अहिले हामी सबै मिलेर भक्तपुरलाई उत्कृष्ठ बनाएका छौँ ।’

भक्तपुरमा अर्को उत्कृष्ठ काम गर्ने महिला कार्यालय प्रमुखको चर्चा अहिले देशव्यापी छ । उहाँ हुन भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा.सुमित्रा गौतम । जसले वर्षौदेखि जीर्ण र रिफर सेन्टरको रुपमा परिणत हुदाँ जनताबाट विश्वास गुमाउदै गएको भक्तपुर अस्पताललाई देशकै उत्कृष्ठ अस्पतालको रुपमा पहिचान बनाउन मात्रै सफल हुनु भएन उहाँकै पालामा दुई पटक उकृष्ठ अस्पतालको पुरस्कारसमेत दिलाउन सफल हुनु भएको छ ।

कोरोना महामारीको संकटकालमा पहिलो पटक भक्तपुर अस्पतालको जिम्मेवरी सम्हाल्न आउनु भएकी डा.गौतमले यहाँको व्यबस्थापनलाई चुस्त बनाउने, शैया थपने, अक्जिन प्लान्टको स्थापना गर्ने, २४ सै घण्टा शल्यक्रिया गर्ने, पिसिआर टेण्टदेखि कोरोना महामारीमा विरामीको उपचारमा तल्लिन रहने, पहिलो पटक आईसियू, एनआईसियू, भेन्टिलेटरको व्यबस्था गर्दै आफै पटक पटक कोरोना संक्रमित हुँदा पनि अस्पतालको सेवामा खटिएर संकटकालमै अस्पताललाई नमूना बनाएपछि उहाँको चर्चा चुलिएको थियो ।

हाल तेस्रो पटक भक्तपुर अस्पताल प्रमुखको रुपमा कार्यरत डा. गौतमले अस्पताललाई तीनसय शैयामा बिस्तार गर्ने, सेवाहरु बिस्तार गर्ने, निजी अस्पतालहरुसंगको मिलेमतोलाई अन्त्य गर्ने, औषधि खरिद गोप्य टेण्डरमा खरिद गर्ने, कर्मचारी नियुक्त परीक्षा प्रणालीबाट गर्ने र विरामीको उपचारमा उत्कष्ठता कायम गर्दा यसवर्ष यो अस्पतालले कार्यमूल्यांकनमा ९८ प्रतिशत नम्बर प्राप्त गरि उत्कृष्ठ अस्पतालको पुरस्कार दिलाउन सफल हुनु भएको छ ।
अहिले भक्तपुर अस्पताल उत्कृष्ठ नमूनाको रुपमा सचालनमा आइरहदाँ यहाँका सबै राजनीतिक दलका नेतादेखि विरामीहरुसमेतले उच्च प्रंशसा गर्नुको साथै उपचारका लागि मंहगो अस्पतालमा धाउनु पर्ने अबस्थामा निकै कमि आएको छ ।

आफ्ना जागिरे जीवनमा महिला भएकै कारण आइपरेका कठिनाई र चुनौतीहरुको बारेमा भावुक हुदै अस्पतालकी निर्देशक डा.गौतम, यो महिला त हो नी यसले के गर्न सक्छे र ? भनेर बेइमान गर्न खोज्नेहरुलाई आफू बिचलित नभई आफूले इमान्दारिताका साथ काम गरेर सफल होइन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘यहाँका बेथिति अन्त्य गरेर कानूनी रुपमा अस्पतालको व्यबस्थापनसंगै भ्रष्टाचारको अन्त्य गर्न खोज्दा आएको धम्की, औषधिका माफियाहरुबाट आएका सरुवाका धम्की, बिभिन्न निकायबाट आउने अबरोधको सामना गर्न सक्ने सामथ्र्य राखेर निडर भएर काम गर्दा महिला होस या पुरुष आफ्नो कार्य क्षेत्रमा सफल हुन सक्छ भन्ने नमूना भक्तपुरले देखाएको छ ।’

अहिले भक्तपुरका स्वास्थ्यका होस वा राजनीतिकका भक्तपुर अस्पताल र निर्देशक डा. गौतमको चर्चा सार्वजनिक रुपमा नै हुने गरेका छन् भने विगतमा अबरोग गर्न खोज्ने राजनीतिक दलका नेताहरुले समेत यतिखेर साथ र समर्थन गरेर भक्तपुर अस्पताललाई उत्कष्ठ बनाउन सघाइरहेका छन् ।
स्मारक संरक्षण दरवार हेरचाह कार्यालय भक्तपुरको पटक पटक प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएकी प्रमुख अरुणा नकर्मीले जिल्लाभरिका सम्पदाको राम्रो ज्ञान मात्र होइन, इतिहास र संरक्षणको पाटो खेल्नु भएको भूमिका प्रंशसीय रहेको यहाँका इतिहासविद्हरु बताउँछन् ।

भक्तपुरको ऐतिहासिक चाँगनारायण मन्दिरको जिर्णोद्धारपछि भएको रंगरोगन गलत भयो भन्दै त्यसलाई रोक्न खोज्नु भएकी प्रमुख नकर्मीले दकर्मीले जिल्ला भरिको सम्पदाको संरक्षण, व्यक्तिले मिचेका सम्पदाको संरक्षणमा निरन्तर लाग्नु भएको छ ।
उहाँले स्थानीयता र भाषाका कारणले पनि काम गर्न सहज हुने गरेको बताउँदैं भक्तपुरमा लामो समयदेखी रोकिएको ५५ झ्याले दरवारको जिर्णोद्धारलगायत ऐतिहासिक सम्पदाहरुको पुननिर्माणमा भूमिका निवार्ह गर्न पाउँदा खुसी र सन्तोष लाग्ने गरेको बताउनुभयो ।

भक्तपुरको शिक्षा विकास तथा समन्वय इकाईकी प्रमुख कमला ज्ञवाली शिक्षाको विकासमा आफू आएसंगै भक्तपुरका चारवटै स्थानीय तहसंग समन्वय गरि उत्कृष्ठ र विवादरहित रुपमा कार्य गर्दै आएको बताउनुहुन्छ ।

उहाँले पाठ्यक्रमको आधारमा पठनपाठन नहुँदा शिक्षाको नतिजा कमजोर भएको बताउँदैं अभिभावकलाई शिक्षा के हो भन्ने विषयमा अभिमुखीकरण गरी शिक्षाको बारेमा जानकारी दिने प्रयास गरिएको बताउनुभयो । मुस्कान सहितको सेवा बिस्तार गरिएको र विगत लामो समयदेखी समस्याको रुपमा रहेको शिक्षकहरुको हाजिरी प्रमाणिकरणलाई समाधान गरिएको उहाँ बताउनुभयो ।

जिल्ला हुलाक कार्यालयकी प्रमुख सिता साम्बाले हुलाकलाई नयाँ ढंगले अगाडि बढाउन प्रयास गरिरहेको बताउदै हुलाक सेवाको पुरानो पहिचान फिर्ता ल्याउने प्रयासमा निरन्तर कार्य गरिरहेको बताउनु हुन्छ । निजी क्षेत्रमा गैरकानूनी रुपमा सञ्चालन भइरहेका कुरिएर सेवालाई रोकेर हुलाक मातहत ल्याउन र सरकारी कार्यालयका अन्य कामहरु हुलाकले गर्ने गरि योजना बनाएर अगाडि बढाएको बताउनुहुन्छ ।

विगत चार वर्षदेखि भक्तपुरमा नेतृत्व सम्हाल्दै सफलतापूर्वक कार्य सम्पादन गर्दै आउनु भएकी गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले तीन वटा बिस्केट जात्रादेखि यहाँका बिभिन्न जाधा, पर्व परम्परा र गठी जग्गाको व्यबस्थापनमा चुनौतीपूर्वक कार्य सम्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुभयो,‘ हेर्दा सानो कार्यालय जस्तो लाग्छ, तर यहाँ काम गर्न सहज छैन, यहाँका बिस्केट जस्ता ठूला जात्रा परम्परा सञ्चालनमा सबैलाई चित्त बुझाउन, त्यसको व्यबस्थापन गर्न गुठी जग्गाको व्यबस्थानि गर्न हराएका जग्गाको खोजी गर्ने जस्ता काम चुनौतीपूर्ण भएपनि सम्पन्न गर्दै आएको छु ।’

व्यवसायिक ग्रेनेज केन्द्रको निमित्त प्रमुख सुलोचना श्रेष्ठले महिलालाई घर गृहस्थी र कार्यालय एकैपटक सम्हाल्नुपर्ने अवस्था र चुनौतीकाबीचमा पनि सफलतापूर्वक कार्य सम्पादन गर्दै आएको बताउनुभयो । भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख मेलिना चित्रकारले औद्योगिक क्षेत्रको सुधारका साथै स्थानीयसँग समन्वय गरेर समस्या समाधानमा अग्रसरता लिएका कारण कार्य गर्न सहज भएको बताउनुभयो ।

राष्ट्रिय कला संग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठ प्रधान, जनस्वास्थ्य कार्यालयकी अस्मिता ओझा र प्रहरी वृत्त जगातीमा प्रहरी नायव उपरिक्षक दिप्ती कार्कीले पनि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दा धेरै सचेत र सजग हुने, कतै कमिकमजोरी रहन नदिन, कसैको दबाब र प्रभावमा नपर्ने र आफू कार्यालय प्रमुख रहेसम्म कुनै कमीकमजोरी नगर्ने गरि काम गर्दाको परिणम नै भक्तपुरको महिला कार्यालय प्रमुखहरुको उदाहरण र प्रंशसा हुने गरेको उहाँहरु बताउनुहुन्छ ।

जिल्लाका कार्यालय प्रमुखहरुले आफुहरुले महिला भएकै कारण कतिपय काम सहज ढंगले सम्पन्न गर्ने वातावरण बनेपनि कतिपय अवस्थामा कडा चुनौती र दवाब झेल्नु परेको, कार्यस्थलमै ’ह्या प्रमुख त महिला पो रहिछ‘ भनेर होच्याउने शब्द प्रयोग भएको सुनिए पनि कार्यालयमा सबै महिला तथा पुरुष कर्मचारीको सहयोगमा नमूना र उत्कृष्ठ कार्य सम्पादन गर्न सफल भएको बताउनुहुछ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले महिलाहरुले पनि उत्कृष्ट सेवा प्रवाह गर्न सक्छन र सेवाग्रहीलाई सुन्तुष्टी दिनुका साथै राज्यको नीति निर्देशन अनुसार उत्कृष्ट नतिजा दिन सक्छन भन्ने उदाहरण अहिले भक्तपुर देखाएको बताउनुहुन्छ । महिलाहरुलाई अझ समाजको साथ सहयोगको खाँचो रहेको र त्यस्तो साथ सहयोग पाएको अवस्थामा अझ उत्कृष्ट नतिजा दिन सक्ने विश्वास उहाँहरु व्यक्त गर्नुहुन्छ ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले महिलाले कुर्सीमा बसेर परिणाम दिलाएपछि मात्र विश्वास गर्ने परिपाटी अझै रहेको भन्दै महिलाहरुले कार्यालयमा झेल्नु पर्ने समस्या पुरुषहरुमा त्यति धेरै नआउने बताउनुहुन्छ । उहाँले आफू सहायक जिल्ला प्रमुख भएर काम गरिरहदाँ यहाँका कार्यालय प्रमुखहरुको काम र कामप्रतिको विश्वास देख्दा यहाँ महिला पुरुष भनेर कहि कतै विभेद गर्न नहुने बताउनुहुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।