हामीसँग जोडिनुहोस

अमेरिकी राजदूत थम्पसनद्धारा शालिक अनावरण तथा पुस्तकालय उद्घाटन

3 मिनेट
भक्तपुर, १ असोज : नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन (Dean R. Thompson)ले भक्तपुरको नागाँचामा आरपी फाउण्डेनले सञ्चालन गरेको नेपाल भोकेसनल एकेडेमीमा सञ्चालनमा आएको पुस्तकालयको उद्घाटन गर्नु भएको छ ।
करिब ५० वर्ष नेपालमा रहेर यहाँका कला, सम्पदा र बिभिन्न पक्षको अध्ययन गर्नु भएका स्वर्गीय अमेरिकी प्राध्यापक थियोडोर टेड रिकार्डी (Pro.Ted Riccardi) ले संकलन गरेको पाँच हजार पुस्तकहरु समावेश गरिएको पुस्तकालयको उहाँले आज उद्घाटन गर्नु भएको हो ।
अमेरिकी राजदूतावासको सहयोगमा अमेरिकामा रहेका नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ एव साहित्यिक–प्राज्ञिक लगायत बिभिन्न कला, संस्कृति, वास्तुकला, सम्पदाको अध्ययन अनुसन्धान गरि बिभिन्न क्षेत्रबाट संकलन गरि राखिएको पाँच हजारभन्दा बढी पुस्तक एवं सोध सामग्रीको पुस्तकालयमा राखिएका छन् ।
स्वर्गीय टेड रिकार्डीका श्रीमति एलेन कुन (Ellen Coon) को सहयोगमा ल्याईएको उक्त पुस्तकालयको उद्घाटनसंगै पुस्तकालयका अवलोकन गरिएको छ ।
कार्यक्रममा राजदूत थम्पसनले वर्षैदेखिको अमेरिका र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई पुस्तकालले अझ स्मरण र मजबुद बनाएको बताउनुभयो । उहाँले हजारौ वर्ष पुराना र महत्वपूर्ण पुस्तकहरुले आज उचित स्थान पाएको चर्चा गर्दै नेपालकै लागि यो पुस्तकालय निकै महत्वपूर्ण रहेको बताउनुभयो । नयाँ पुस्तालाई इतिहासदेखिका बिभिन्न चरणका महत्वपूर्ण जानकारीका लागि अध्ययन गर्न निकै उपलब्धीमूलक हुने पुस्तकहरु रहेको भन्दै उहाँले नेपालकै लागि यो पुस्तकालय बरदान साबित हने बताउनुभयो ।
कार्यक्रममा श्रीमति एलेन कुनले आफ्नो श्रीमान् स्व. प्रा.टेडको जीवनीसंगै नेपालमा उहाँले बिताएर गरेको सेवा र अध्ययनकोबारेमा चर्चा गर्नुभयो । उहाँले अमेरिकामा रहेका पुस्तकहरु ल्याएर उहाँकै नाममा नेपालमा स्थापना गर्नु सौभाग्य भएको भन्दै आफ्नो नासो नेपालका लागि सुम्पेको बताउनुभयो । उहाँले यहाँ भण्डारण गरिएका पुस्तकहरु नेपाली र विदेशी नागरिकका लागि अध्ययन अध्ययापनका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा प्रो.डा.निर्मलमान तुलाधरले प्रा. टेडले नेपालमा पुर्यएको योगदानको चर्चा गर्दै यहाँका बिभिन्न धर्म, संस्कृति, नेवारी परम्परा, बिभिन्न धार्मिक सम्प्रदायकोबारेमा अध्ययन अनुसन्धान गरेको बताउनुभयो ।
आरपी फाउण्डेसनका प्रमुख रबिन्द्र पुरीले सन् १९६८ मा पहिलो पटक फुलब्राइट कमिसनको आवासीय प्रमुख भएर काठमाडौँ आउनु भएका टेडले नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ र साहित्यिक–प्राज्ञिक कृतिको संकलन गरिएका पाँच हजारभन्दा बढी पुस्तक उहाँको श्रीमती एलेन कुनको सहयोगमा नेपालमा स्थापना गर्न पाएको बताउनुभयो ।
पुस्तक टेड रिकार्डी संग्रह राखिएको भन्दै एकेडेमीमा टेडकै नाममा ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रुम’ स्थापना गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । लिच्छवीकालीन इतिहास, सभ्यता अन्वेषणका काम गरेर बिज्ञता हासिल गर्नु भएका टेडले नेपालका बिभिन्न सम्पदाहरुको उत्खनन्मा समेत सक्रिय रहेको उहाँले बताउनभयो ।
पुरीले कमलबिनायक (नागांचा)मा रहेको नेपाल भोकेसनल एकेडेमीमा दुई कक्षमा पुस्तकालय स्थापना गरि टेडकै सम्मानमा उहाँको अर्धकदको सालिक समेत यही कक्षमा राखिएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।