हामीसँग जोडिनुहोस

तीनवटा समितिको बैठक बस्दै

1 मिनेट

६ आश्विन,काठमाडौ।

संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन कोप २८० को कार्यप्रगति तथा विश्व जलवायु सम्मेलन ९कोप २९० मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।