
मकवानपुर,६ असोज।

बागमती प्रदेश सभाको बैठक आज बस्दैछ।
प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६औँ बैठक दिउँसो १ बजे बस्न लागेको हो।
आजको बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विद्येयकहरुको प्रतिवेदन प्रस्तूत गर्नै कार्यसूचि रहेको छ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल हुने सचिवालयले जनाएको छ।
बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





