हामीसँग जोडिनुहोस

भारतको मध्य प्रदेश राज्यमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

1 मिनेट

एजेन्सि,असोज १३ ।

भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शनिबार राति सो दुर्घटना भएको हो ।पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २९ जनालाई सतना अस्पतालमा लगिएको छ । दुर्घटनामा परी घाइते भएका थप पाँच जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार बसभित्र फसेका यात्रुलाई स्थानीय नागरिक र प्रहरीले उद्धार गरेका थिए । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरू भइसकेको जनाएको छ ।

उत्तर प्रदेशबाट आउँदै गरेको बस महाराष्ट्रको नागपुरका लागि छुटेको थियो । भारतमा प्रायः क्षमताभन्दा अत्यधिक भार, कमजोर सडक अवस्था र लापरवाहीपूर्वक हुने ड्राइभिङको कारण घातक सडक दुर्घटनाहरू हुने गर्छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।