हामीसँग जोडिनुहोस

एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको विजयी शुरुवात

1 मिनेट
Friends playing volleyball

काठमाडौँ,१४ असोज।

एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले विजयी शुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको उदघाटन खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटले पराजित गरेको हो।
ललितपुरले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो तर दोस्रो सेट भने काठमाडौँलाई सुम्पिन पुग्यो।

दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै काठमाडौँले २५–२१ ले खेल आफ्नो पक्षमा पार्दै सेट १–१ को बराबरीमा ल्याएको थियो।

तेस्रो सेटमा ललितपुरले बाजी मार्दै खेल २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा निर्णायक सेटमा ललितपुरले खेल एकपक्षीय रुपमा लिँदै काठमाडौँलाई २५–१९ ले पाखा लगाउँदै खेल जित्यो।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो पटक भइरहेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन्।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसविशले प्रतिस्पर्धा गर्ने छन्।

सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोली उपाधिका लागि भिड्नेछन्। फाइनल असोज १९ गते हुनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।