हामीसँग जोडिनुहोस

विपदबाट बढी प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

1 मिनेट

१८ असोज, काठमाडौं ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।सम्भवत शुक्रबार नै बस्ने मन्त्रिपरिषद बैठकले कार्यकारी समितिको सिफारिस अनुसार विपद प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने प्राधिकरण स्रोतको भनाइ छ ।

पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको प्राधिकरण स्रोतको भनाइ छ ।

ती स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।