भक्तपुर, २२ असोज : चाँगुनारायण नगरपालिकामा उर्जामैत्री भवन निर्माण परियोजना लागू गर्दै नमूना भवनको आज उद्घाटन गरेको छ ।
आज नगरपालिका भवनमा आयाजना गरेको उद्घाटन कार्यक्रममा विल्डिङ् इनर्जी एफीसियन्सी इन नेपाल (बीन)ले निर्माण गरेको नमूना घर निर्माण परियोजनाको नगर प्रमुख जीवन खत्री र परियोजनाका प्रबन्धक डा. डेनियल नेयरले उद्घाटन गर्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख खत्रीले आफ्नो नगरपालिकाले उर्जामैत्री भवन निर्माण परियाजना पास गर्दै लागू गरेको बताउनुभयो । उहाँले नमूनाको रुपमा चाँगुनारायण नगरपालिकामा बीनले ल्याएको परियोजनाको बिस्तृत अध्ययन उपयुक्त लागेपछि नगरपालिकाले यसलाई लागू गरेको बताउनु भयो ।
उहाँले आफ्नो सरकारी भवन निर्माण उर्जा मैत्री प्रबिधिबाट निर्माण गर्ने बताउदै नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवन यही प्रबिधिबाट निर्माण गर्ने बताउनुभयो । उहाँले व्यक्तिको निजी भवन निर्माणका लागि पनि नगरपालिकाले उर्जामैत्री भवन निर्माणका लागि प्रोत्साहन गर्ने बताउदै परियाजना लागू गर्न बीनसंग नगरपालिकाले एमओईसमेत गरेको बताउनुभयो ।
कार्यक्रममा बीन परियोजनाका प्रबन्धक डा. डेनियल नेयरले प्रदुषण र कार्वन उत्सर्जनमा सहरी क्षेत्रबाट परेको असर घटाउन उर्जामैत्री भवन निर्माण गर्नुपर्ने बताउनुभयो । विश्वव्यापी मौसम परिवर्तन घटाउनमा उर्जामैत्री भवन निर्माणले योगदान गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मिनर्जी नेपालका टीम लिडर सुयेश प्रजापतिले वतावरणमैत्री, लगानी कम र जाडोमा ताता तथा गर्मीमा चिसो बनाउने यो प्रबिधिको घर निर्माणले वाताव।ासमेत सुरक्षित गर्ने बताउनुभयो ।