हामीसँग जोडिनुहोस

जनगुनासो नआउने गरि कार्य सम्पादन गर्न निर्देशन, हनी ट्रयापर र मिटर व्याजीसंग साबधान : प्रअमहानिरीक्षक बज्राचार्य

2 मिनेट
भक्तपुर, २२ असोज  : प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सेवाग्राहीको कुनै गुनासो नआउने गरि कार्य सम्पादन गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिनु भएको छ ।
आज जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा नागरिक समाजसंग अन्तरक्रिया कार्यक्रममा जिल्ला परिसर र मातहतका बृत्तमा सरुवा भएर आउनु भएका नयाँ प्रहरी उपरीक्षक एवं प्रहरी नायब उपरीक्षकहरुलाई उहाँले समुदायसंग निकट सम्बन्ध बनाएर अपराध न्यूनिकरणमा लाग्न निर्देशन दिनुभयो ।
उहाँले गुनासो र समस्या लिएर आउने सेवाग्राहीलाई प्रहरी कार्यालयमा हैरानी गराउनु आवश्यक छैन भन्दै प्रहरीले कानूनको परिधि भित्र रहेर समय सापक्ष रुपमा परिवर्तन गर्दै समाज र नागरिकमुखी भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
भक्तपुरको सर्भिस ट्रयाक सञ्चालनमा ल्याउन निर्देशन दिदै बज्राचार्यले भन्नुभयो, “भक्तपुरको सडक ६ लेन भनेपनि चार लेन मात्रै सञ्चालनमा छ, सूर्यविनायकदेखि जडिबुटीसम्मको दायँबायाँको दुईलेन सर्भिस ट्रयाकमा जथाभावी व्यापार, पार्किङ्घ भइरहेको छ, त्यसलाई स्थानीय सरकारसंग समन्वय गरेर तत्काल हटाएर यातायात सहजीकरण हुनेगरि सञ्चालनमा ल्याउनुस् ।”
एम्बुलेन्स, दमकल , शवबाहन पनि जाममा फसिरहेको देखिने गरेको भन्दै उहाँले सर्भिस ट्रयाक पूर्ण रुपमा सञ्चालनमा आए यस्ता सवारी साधन र साना सवारी साधनको आवतजावतमा सहज हुने बताउनुभयो । उहाँले हनी ट्रयापर र मिटर व्याजीसंग साबधान हुन आग्रह गर्दै केही महिलाहरु हनी ट्रयापमा लागेर पुरुषहरुलाई फसाउने कार्य गरिरहेकाले सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समायमा हनि ट्रयापर महिलाहरु बढेका छन्, समाजका केही प्रतिष्ठत व्यक्तिहरुको बदनाम गराउने गराइरहेका छन्, यसबाट सचेत हुन म सबैमा आग्रह गर्दछु ।” उहाँले चेक बाउन्सका घट्ना धेरै आएको भन्दै त्यसमा पनि मिटर व्याजी लगाएर पीडितलाई झन पीडा दिने कार्य गर्न नहुने उहाँले बताउनुभयो ।
प्रअमहानिरीक्षक बज्राचार्यले भन्नुभयो, “चेक बाउन्सका धेरै घट्नाहरु आएका छन्, त्यसमा पनि पीडितलाई मिटर ब्याजीको हिसाब गरेर पीडितलाई झन पीडा दिने समस्या छन्, यसको अनुसन्धानमा पनि गम्भिर हुनुपर्छ र पीडितलाई झन पीडा दिने काम हुनु हुदैन ।”
उपत्यकामा पछिल्लो समय साइबल क्राइम बढेको भन्दै उहाँले हुण्डी, अनलाइन ठगि र व्यापारका नाममा हुने अनलाइन व्यापारमा समेत एउटा सामान देखाएर अर्कै सामान ल्याएर ठगि गर्ने बढेकाले सचेत रहन सबैमा आव्हान गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले प्रहरी र समुदायसंगसंगै नागरिक समाजसंग समन्वय गरेर अपराध न्यूनिकरणमा लाग्ने बताउनुभयो । उहाँले जनताको कार्यलाई बिना झण्झट कार्य सम्पादन गरिने बताउदै प्रहरीमा गुनासो आउन नदिने गरि काम गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ट उपरीक्षक विनोद घिमिरेलगायत प्रहरी अधिकृतहरुले परिसरको कार्यसम्पादनको अनुगमन गर्नुका साथै आन्तरिक व्यबस्थापनकाबारेमा प्रहरी उपरीक्षक बुढाथोकीले जानकारी गराउनु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।