
भक्तपुर, २९ असोज : जिल्ला प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका‐८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङलाई लोड गरिरहेको तीन राउण्ड गोली र एक थान पेस्तोल सहित पक्राउ गरेको छ ।

काभ्रेपलान्चोक पनौती नगरपालिका‐१ स्थायी घरभई हाल रानीकोटमा बस्दै आएका तामाङले हतियार बोकी हिडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित पक्राउ गरेको प्रहरी परि।सर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
तामाङले हतियार बोकी हिडिरहेको छ भन्नेविशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले रानीकोटमा गई बुझ्दा तामाङ जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं १ स्थित घरमा रहेको भन्ने अनुसन्धानको क्रममा खुल्न आएकोले निजको स्थायी वतनमा प्रहरी टोली खटिई गई घर खानतलासी गर्दा निजले अबैध रुपमा लुकाई छिपाई राखेको तीन राउण्ड गोली र एक थान पेस्तोल सहित पक्राउ गरेको छ ।
प्रहरीले सोमबार साँझ पक्राउ गरेको तामाङलाई थप अनुसन्धान सुरु गरेको र आज म्याद थप गरि कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।
Related







