हामीसँग जोडिनुहोस

माओवादी लडाकू क्यान्टोनमेन्टमा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी

1 मिनेट

काठमाडौं,१३ कार्तिक।

माओवादी लडाकू शिविर क्यान्टोनमेन्टमा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ।

सिन्धुली घर भएका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन्।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा व्याख्या गरिएको छ।

त्यस समयमा संयुक्त राष्ट्रसंघीय मिसन ९अनमिन०ले १९ हजार ६ सय सेना प्रमाणिकरण गरेको थियो। पौडेलले माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्व खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकाशा भएकाले त्यो भ्रष्टाचार भएको उल्लेख गरेका छन्।

राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरुलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरिएको छ। निवेदन आयोगले दर्ता गरिसकेको छ।

 

 

 

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।