हामीसँग जोडिनुहोस

खुल्यो तातोपानी नाका, भित्रिन थाले चिनियाँ स्याउ

1 मिनेट

काठमाडौं,१३ कार्तिक ।

तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ नेपाल भित्रिन थालेको छ । असोज ११ गतेको बाढीले दुईटा पुल बगाउँएपछि बन्द सडक खुलेसँगै तिहार लक्षित फलफूल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार आइतबारदेखि फलफूलका गाडी र केही लत्ता कपडाले भन्सार छुटाएका छन् ।

‘पछिल्लो ३ दिनदेखि नियमित रुपमै भन्सारमा जाँचपास भएर गाडी छुटेका छन्’, प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले भने, ‘तिहार लक्षित फलफूल बोकेका ट्रक बढी छुटेका छन् । त्यसबाहेक लत्ता कपडा थोरै मात्रामा छन् ।’ २–३ वटा ब्रान्डले तातोपानी नाका हुँदै विद्युतीय गाडी ल्याउने गरेका थिए । नाका खुलेपछि करिब एक दर्जन गाडी छुटेका छन् भने ५० जति भन्सारमा आएर जाँचपास नगरी बसेको भट्टराईले जानकारी दिए ।

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ। उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उनले बताए। विशेष गरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।