हामीसँग जोडिनुहोस

भक्तपुर अस्पतालमा आजबाट आँखाको शल्यक्रिया सेवा सुरु, प्रदेशकै पहिलो सेवा सुरु

1 मिनेट

भक्तपुर, १३ कात्तिक : भक्तपर अस्पतालमा आजबाट आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ । वागमती प्रदेश अन्तर्गतका १३ वटा अस्पताल मध्ये भक्तपुर अस्पतालमा आजबाट आँखाको शल्यक्रिया सेवा सुरु गरेको वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो ।

उहाँले प्रदेश अस्पतालमा पहिलो पटक आँखाको शल्यक्रिया सेवा भक्तपुर अस्पतालमा सुरु गरेको बताउदै प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तारै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “वागमती प्रदेशका अस्पतालहरु मध्ये भक्तपुर अस्पतालमा आजबाट आँखाको शल्यक्रिया सेवा सुरु गरेका छाँै, यो सेवा अब निरन्तर भक्तपुर अस्पतालमा चल्ने छ । यो सेवालाई बिस्तार गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ, अन्य अस्पतालमा पनि यो सेवालाई बिस्तार गर्नेछौँ ।”

मन्त्री थापाले आँखाको शल्यक्रिया सेवा सञ्चालन गर्न मन्त्रालयले बजेटको व्यबस्थपन गरेको बताउदै दरबन्दीसहितका चिकित्सिकीय सेवा प्रदेशका सबै अस्पतालमा बिस्तार गर्न मन्त्रालयले बजेटको ब्यबस्थ ागर्ने पनि बताउनुभयो ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. सुमित्रा गौतमले आँखाको ओपिडी सेवा पहिलादेखिनै सञ्चालन भएपनि शल्यक्रिया सेवा नहुँदा बिरामीलाई बाध्य भएर तिलगंगा आँखा अस्पताल पठाउनु पर्ने बाध्यता आजबाट हटेको बताउनुभयो ।

उहाँले आज सफलतापूर्वक बिरामीको आँखाको शल्यक्रिया गरेको बताउदै यसका लागि नेत्र बिशेषज्ञ डा. अनुपमा अमात्यको नेतृत्वमा दुई जना आँखा रोग विशेषज्ञ र एकजना प्राबिधिक गरि तीनजना जनशक्ति खटिएको बताउनुभयो । उहाँले अब आँखाका उपचारका लागि अन्य अस्पताल धाउनु वर्ने बिरामीको बाध्यता अन्त्य भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।