हामीसँग जोडिनुहोस

नेपाल हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा श्रीलंकासँग पराजित

1 मिनेट

काठमाडौं,१७ कार्तिक।

नेपाल हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा श्रीलंकासँग पराजित भएको छ । आज भएको तेस्रो क्वाटर फाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।

श्रीलंकाले दिएको १२४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल ५ ओभरमै अलआउट हुँदै ८३ रनमै समेटिएको हो । नेपालका लागि राशिद खान ५५ रन बनाएर आउट भए । उनले १८ बलमा ८ छक्का र १ चौका प्रहार गरे । नारायण जोशीले २ छक्काको मदतमा १३ रन जोडे । अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।

कप्तान सन्दीप जोरा श्रीलंकाविरुद्ध चल्न सकेनन् । यसअघि समूह चरणमा अष्ट्रेलिया र इङ्ल्याण्डलाई अर्धशतक हानेका उनी आज डकआउट भए । बलिङ र ब्याटिङमा दुवैमा आशा गरिएका प्रतिश जिसी पनि आज शून्यमै आउट भए ।

बलिङतर्फ श्रीलंकाका लाहिरु समाराकून र थारिन्दु रथनायकेले समान २र२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ६ ओभरमा २ विकेट गुमाउँदै १२३ रन जोडेको थियो । श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए । यसैगरी लिहुरु मधुसंकाकाले ३१ रन, लहिरू समाराकूनले २२ रन र थानुका दबारेले १८ रन जोडे ।

नेपालका लागि प्रतिस जिशी र नारायण जोशीले समान १ विकेट लिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।