हामीसँग जोडिनुहोस

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकार प्रक्रिया अगाडि बढाउछ : प्रधानमन्त्री ओली

2 मिनेट
भक्तपुर, १७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकार प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ । शंखधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रर्वतक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
भाषा संस्कृति, सभ्यतालाई जागोउन व्यक्तिगत र प्रधानमन्त्री दुबै हैसियतमा आफू तयार रहेको बताउदै उहाँले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने बताउनु भयो । प्रतिष्ठानका केही मागहरु जायनै नै रहेको र राज्यको क्षमता अनुसार तिनलाई क्रमश पुरा गर्दै जाने कुरामा आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयको रुपमा समावेश गर्न माग गर्नु भएको छ, त्यो पुरा गर्न नसकिने माग हो जस्तो लाग्दैन, अन्य मैथलि, भोजपुरी भाषाजस्तै यसलाई पनि ऐच्छिक विषयको रुपमा पाठ्यक्रमा समावेश गर्न प्रबन्ध गर्न सकिन्छ, निर्णय नगरी यहाँ मैले बोल्न मिल्दैन, पर्खनु पर्छ, यो गर्न नसकिने होइन, हुन्छ ।”
उहाँले नेपाल भाषाको संरक्षणका लागि बिभिन्न ढंगले प्रयास गरिरहेको बताउदै गत आश्विन ३० गते मात्रै सरकारले नेपाल भाषामा समाचार रासस, नेपाल टेलिभिजन, रेडियोबाट प्रशारण गरेर नयाँ सुरुवात गरेको बताउनुभयो । भक्तपुरलाई जिवित सग्रहालयको रुपमा लिएको बताउदै प्रधामन्त्री ओलीले भन्नुभयो, “ भक्तपुर एउटा जिउँदो संग्रहालय हो, यहाँका ऐतिहासिक कला, संस्कृति, सम्पदालगायतका यहाँका संस्कृतिलाई जिवित राख्ने र फैलाउनु पर्छ, त्यसमा तीन तहकै सरकारले काम गर्छ ।”
जेलमा हुँदा उहाँले नेपाल संवत, नेवारी बाध्यवाधन, नपाल साहित्यक, कला, नवारी सभ्यता, संसकृति कला साहित्य सबैबारे बुझेको र यसमा आफ्नोपन, मौलिकता र बिशेषता रहेको र्चा गर्दै बासुरी बाजा, भिमे लगायतका बाजा आफूसंग रहेको र आफूलाई मनपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले शंखधर साख्वाःले त्यतिबेलानै देशभक्ति र राष्टियताको दर्शन, सत्कर्म, परोपरकारको दर्शन र लोकतान्त्रिक समाजवादीको दर्शन एवं सामाजिक न्याय र भातृत्व एकताको सन्देश दिएको बताउनुभयो । सरकारका तीनवटै तहले राष्ट्रिय बिभूति शंखधर साख्वाको योगदानलाई देशभरी फैलाउन सरकार तत्पराताका साथ लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिले नगरपालिकाल यहाँको ऐतिहासिक कला, संस्कृति, पहिचानलाइ विश्वभर फैलाउन नगरपालिकाले पुसमा मध्यपुर महोत्सप २०८१ को आयोज ागर्न लागेको बताउनभयो ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल सम्वत ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट आजसम्म आइपुग्दा ठूलो उपलब्धी हासिल गरेपनि अझै धेरै उपलब्धीहरु हासिल गर्न बाँकी रहेकाले सरकारले त्यसतर्फ चासो दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्रीले ओलीले साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्नु भयो भने शंखधर बुलेटिन बिमोचन गर्नुका साथै ल्याम्हः पुच बुलेटिन पनि बिमोचन गर्नुभयो ।
त्यसअवसरमा प्रधानमन्त्री ओलीले मध्पुरथिमिमा ६३ वर्ष पुरोना संस्था न्ह्यज्याः खलः थिमि र नेपाल सम्बतका अभियन्ता, भाषा आयोगका सदस्य एवं सञ्चारकर्मी सुरेशकिरण मानन्धरलाई शंखधर सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष बचन देउजा, वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, सूर्यविनायकका नगर प्रमुख वासुदेव थापालगायत बिभिन्न पाटीका नेताहरुको सहभागिता रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।