हामीसँग जोडिनुहोस

दुध किसानले पाउनुपर्ने बक्यौता एक अर्ब ३० करोड रुपैयाँमा झर्‍यो

1 मिनेट

कात्तिक १७, काठमाण्डौ ।

दुध किसानले पाउनुपर्ने बक्यौता रकम एक अर्ब ३० करोड रुपैयाँमा झरेको छ । तीन महिनाअघि पाँच अर्ब रुपैयाँ रहेको बक्यौता दशैँ अघिदेखि घट्दै अहिले एक अर्ब ३० करोड रुपैयाँमा झरेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले झण्डै ३० करोड र निजी डेरीहरुले एक अर्ब भुक्तानी गर्न बाँकी छ । सबैजसो किसानले जेठसम्मको भुक्तानी सबै पाएका र त्यसपछिको केही मात्रामा बाँकी रहेको उहाँले बताउनुभयो ।

बजारको प्रक्रियाअनुसार सामान्य अबस्थामा पनि डेरीहरुले किसानले एक डेढ महिनाको भुक्तानी दिन बाँकी रहन्छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तिहार शुरु हुनु अघि नै सार्वजनिक अपिल गर्दै दुध र दुधजन्य वस्तुको प्रयोग बढाउन आम नागरिकलाई अनुरोध गर्नुभएको थियो ।

नेपालमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको कृषि मन्त्रालयको अनुमान् छ । त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र र बाँकी ५० प्रतिशत घरेलु प्रयोजनका लागि प्रयोग हुने गरेको सरकारी विवरण छ । समग्रमा नेपालमा दैनिक २० करोड रुपैयाँको दूध बिक्री हुने व्यवसायीहरूको दाबी छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।