हामीसँग जोडिनुहोस

सरकारले राम्रो काम गरेको छ, अझै राम्रो काम गर्नेमा विश्वस्त छु : काँग्रेस सभापति देउवा

3 मिनेट
भक्तपुर, १७ कात्तिक : नेपाली कांग्रेसका सभापति एबं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा राम्रो काम गरेको बताउनु भएको छ ।  आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै उहाँले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अबरोध नहुने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “अहिले देशमा संयुक्त सरकार छ, केपी ओली प्रधानमन्त्री हुनु हन्छ, उहाँले राम्रो काम गर्नु भएको छ । हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होईन साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ ।”
प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाब दिएर सहयोग गरिरहेको बताउदै उहाँले विश्वमा जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्नु स्वभाविक भएको बताउनुभयो ।
सभापति देउवाले  आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढंगले सरकारले ध्यान दिने बताउदै सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापुर सहयोग हुने बताउनुभयो । उहाँले विपक्षीबाट आएका आलोचनालाई पनि गम्भिरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने औल्याउदै यसका लागि प्रधानमन्त्रीलाई आफूले पनि प्रोत्साहन दिइरहने बताउनुभयो ।
दुई देशको शक्ति सन्तुलनलाई भने प्रधानमन्त्री ओलीले लिाएर लैजानु पर्ने औल्याउदै सभापति देउवाले भन्नुभयो, “ हाम्रो देश ठूला दुई देशको बिचमा रहेको छ, मलाई विश्वास छ, प्रधानमन्त्री ओलीले दुई देशको शक्ति सन्तुलनलाई मिलान लैजानु हुनेछ ।” उहाँले संयुक्त सरकार बनेयता देशभरका पार्टी पंक्तिमा खुसी रहेको बताउदै वर्तमान सरकारलाई पुरा समयसम्म सफल पार्न आएका समस्यालाई समाधान गर्न काँग्रेस लाग्ने र सरकार सहमति अनुसार पुरा अबधी सञ्चालनमा रहने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसमा डोजर लगाएको सन्दर्भमा बोल्दै पार्टी सभापति देउवाले भन्नुभयो, “भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने उहाँको दायित्व हो, भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नु भएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्न पनि पाइदैन ।”
कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कांग्रसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुबै गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस, एमालेको संयुक्त सरकार छ, त्यसर्थ हामी सहकार्यमा छौँ, तर वडा तहदेखि पालिका, प्रदेश र केन्द्रीय सरकारमा रहेका सबैले एमाले भन्दा राम्रो काम कसरी गर्ने भनेर काम र प्रगतिमा प्रतिस्पर्धा भइरहेको छ, त्यसैले सबै जनप्रतिनिधिदेखि मन्त्रीसम्मले राम्रो काम गरेर देखाउन पर्छ ।”
जिल्ला सभापति तथा संघीय साँसद दुर्लभ थापाले भक्तपुरलाई सबै पार्टीका केन्द्रले पनि नारायणमानको किल्लाको रुपमा लिएको भन्दै भक्तपुर वास्तवमा त्यस्तो भने नरहेको बताउनु भयो । भक्तपुरमा नेमकिपाको बिmयाकलापले जनताले धेरै दुःख पाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर क्याम्पसको यहीँ प्राङ्गनमा भक्तपुर नगरपालिकाले भर्खरै भौतिक आक्रमण गरेको छ । एकातिर सरकारी क्याम्पसमाथि आक्रमण गर्ने, अर्कोतर्फ ख्वप विश्वविद्यालय चाहियो भनेर माग्ने, पद्य मावि, विद्यार्थी निकेतन माविजस्ता राम्रा विद्यालयहरु बन्द गराउन खाज्ने र अर्कोतर्फ ख्वप कलेज र पाटी निकटका विद्यालयहरुलाई उद्योग व्यापारको रुपमा बिकास गर्ने लिएर नारायणमानको दस्तावृज पढाउने विद्यालय बनाउदै छ, यसतर्फ सबै पार्टीको ध्यान जानु जरुरी छ ।”
नेपाली काँग्रेस नगरपालिकाले गरेको सरकारी सम्पत्ति माथिको आक्रमण भत्र्सना गर्दै यसको सरचना पुर्ननिर्माणका लागि सरकारले तत्काल बजृटको व्यबस्था गर्नु पर्ने उहाँले बताउनुभयो । पार्टीलाई जिल्लाकै ठूला पार्टी बनाएरु आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ मा मेत विजयी हुने दाबी गर्दै सभापति एवं सांसद थापाले भन्नुभयो, “अहिले काँग्रेस भक्तपुरमा बलियो छ, अब भक्तपुरमा पार्टीभित्र कुनै कलह गर्दैनौ, ठूलो पार्टी बनाउँछौँ, र अबको निर्वाचनमा १ नंम्बर क्षेत्र पनि कब्जा गर्छौ ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले, पार्टीका बागमति प्रदेश सभापति ईन्द्र बाँनियाँ, जिल्ला नेता रबिन्द्र प्रधान, यादब अधिकारीलगायतले कांगे्रसले जनतामा छाएको निराशालाई चिर्दै जनतामा आशाको किरण छर्नुपर्नेमा जोड दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।