
कार्तिक १८,काठमाडौँ ।

श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ ।
हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो ।
पाकिस्तानले इद्येको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।श्रीलंकाले यो उपाधि जितेको यो दोस्रो पटक हो । यस अघि श्रीलंकाले २००७ मा यो उपाधि जितेको थियो ।
यस बर्ष नेपालले पनि पहिलो पटक यस प्रतियोगितामा भाग लिएको थियो । नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो । त्यसअघि समुह चरणको खेलमा नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो । त्यस्तै क्वाटरफाइनलमा पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा भने युइएसँग पराजित भएको थियो ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





