हामीसँग जोडिनुहोस

आइसीसी त्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले स्कटल्यान्डसँग खेल्दै

1 मिनेट

काठमाडौं,१९ कार्तिक।

नेपालले आज स्कटल्यान्डसँग अन्तिम खेल खेल्दैछ ।आइसीसी त्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदैछ।यी दुईबीचको खेल डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ। अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए। त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिन सक्छन्।

घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ। अमेरिकासँग पहिलो खेलमा नेपाल तीन विकेट र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो।स्कटल्यान्डविरुद्ध भने नेपाल तीन ओडिआइ यता अपराजित छ। जारी सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो।

लिग टु का एघार खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ। दश खेलबाट १३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ।

गत भदौ २५ गते क्यानडा गएको नेपालले त्यही भदौं ३१ र असोज ६ मा क्यानडासँग र असोज २ र ८ मा ओमानसँग खेल्यो। त्यहाँबाट एक अंक बटुलेर अमेरिका गएको नेपालले २ अंकमात्र जोडेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।