
२३ कात्तिक, काठमाडौं ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे राजीव गुरुङले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङे सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको बताउदै पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने
बताएका हुन् ।
मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।गत मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ ९ख० बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।