हामीसँग जोडिनुहोस

कक्षा ११ र १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने

1 मिनेट

काठमाडौँ,२३ कार्तिक ।

२०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गरेको हो । त्यसका लागि फाराम भर्न आह्वान गरेको छ ।रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो ।

त्यसका लागि आगामी मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत आवेदन फारम भर्नुपर्नेछ । पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।त्यसका लागि एक हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड एक हजार रुपैयाँ तिरेर फाराम भर्न सकिने बोर्डले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।