हामीसँग जोडिनुहोस

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै

1 मिनेट

२३ कात्तिक, काठमाडौं ।

भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण हुँदैछ । यो जहाज साढे ८ बजे फर्कने तालिका छ । यस उडानमा करिब फुल अक्कुपेन्सीमा यात्रु आउने बताइएको छ ।दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज आउने तिवारीले जानकारी दिए । यो जहाज भैरहवा अवतरण गरी काठमाडौं जानेछ । काठमाडौंबाट थप यात्रु लगेर दुबई फर्कनेछ ।

यी उडानहरू प्रारम्भिक भएको र यात्रु अभ्यस्त नभएका कारण अन्य उडानमा भने धेरै यात्रु छैनन् । जजिराले भने यसअघि पनि उडान गरिसकेका कारण सो कम्पनीले राम्रो यात्रु पाइरहेको छ ।भैरहवामा शुक्रबार भने थाई एयर एसियाले बैंककबाट उडान गरेको छ । यो उडानमा ७ यात्रु भैरहवा आएका थिए ।

भैरहवाबाट भने ३२ जना यात्रु लिएर थाई एयर एसिया उडेको छ । थाई एयर एसियाले साताको दुई दिन ९सोमबार र बिहीबार० बैंकक उडान गर्ने गरी उडान स्वीकृत लिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।