हामीसँग जोडिनुहोस

उपनिर्वाचनका लागि एमालेले बागमती प्रदेशका ७ पदमा टुंग्यायो उम्मेदवार

1 मिनेट

काठमाडौँ,२३ कार्तिक ।

नेकपा एमालेले बागमती प्रदेशका विभिन्न स्थानमा हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार बन्नेको नाम टुंगो लगाएको छ ।
शुक्रबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयर र २ वटा वडाध्यक्षसहित काठमाडौँ महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नम्बर १२, नुवाकोटको ककनी वडा नम्बर २ का लागि उम्मेदवार बन्नेको नाम टुंगो लगाएको हो ।

एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ भने कीर्तिपुर नगरपालिकाकै वडा नम्बर १ र ४ मा क्रमशः हर्ष महर्जन र बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । वडाको हकमा सम्बन्धित जिल्लाले नै निर्णय गरेका हुन् ।

त्यसैगरी काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा लक्ष्मीरत्न तुलाधर, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, हेटौंडा उपमहानगरपालिका—१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटीले गरेको हो ।त्यस्तै नुवाकोटको ककनी–२ मा यमबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय एमाले जिल्ला कमिटीले गरेको छ भने काठमाडौँ महानगरको वडा अध्यक्षबारे पनि सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गरेको एमाले नेता आनन्द पोखरेलले जानकारी दिए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।