
काठमाडौं,२५ कार्तिक।

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरेका छन्।
राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई आज न्यायाधीशमा नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।यही कात्तिक २३ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित निरौला र पाण्डेयको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुई न्यायाधीशको नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






