हामीसँग जोडिनुहोस

विद्युत् लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न निर्देशन

1 मिनेट

काठमाडौँ,२६ कार्तिक।

सरकारले विद्युत् लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएको छ।

उत्पादनका साथै राजस्व संकलन घटेको, रोजगारी र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

त्यसैगरी उद्योगहरूबाट विद्युत्‌को वक्यौता रकम १५ दिनभित्र बिलअनुसार असुलउपर गर्न पनि निर्देशन दिइएको छ।

यसैगरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले २०८१ वैशाख २३ मा पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।