हामीसँग जोडिनुहोस

महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कुवेतसँग खेल्दै

1 मिनेट

काठमाडौं,२६ कार्तिक ।

आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ।

यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार मंगलबार बिहान सवा ११ बजे सुरु हुनेछ। यसअघि आइतबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो।

प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन्। सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।

नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ। नेपाल युएईसँग १३ रनले पराजित भएको थियो। प्रतियोगिता अन्तरगत मंगलबार अपरान्ह यूएई र थाइल्याण्ड भिड्ने छन्। यूएई जारी प्रतियोगितामा अपराजित टोली हो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।