
काठमाडौं,२७ कार्तिक।

आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १ सय ६५ रनले पराजित गरेको छ ।
नेपालले दिएको २ सय १४ रनको चुनौती पछ्याएको कुवेत १३ ओभरमा १० विकेट गुमाउँदै ४८ रनमा समेटियो । कुवेतकी जिफा जिलानीले सर्वाधिक ३६ रन जोडिन्। सात खेलाडी शून्यमा आउट भए। नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ५ विकेट लिइन्। सीमा केसी र रचना चौधरीले समान २/२ विकेट लिए।
यूएईस्थित सेभेन्स डिस्ट्रिक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले शतकीय पारी खेल्दै १ सय ३० रनमा अविजित रहिन्।
६९ बल खेलेकी उनले १७ वटा चौका हिर्काएकी थिइन्। सोनी पाख्रिनले आउट नभइ ४३ रन जोडिन् । यसअघि सावित्री धामी ११ र साना प्रविन ६ रनमा आउट भएका थिए।
पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो। यसअघि आइतबार भएको खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् ।
सहभागी चार टोलीमध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






