हामीसँग जोडिनुहोस

थ्री नेशन्स कपको पहिलो खेलमा नेपाल र ताजकिस्तान भिड्दै

1 मिनेट

काठमाडौं,२८ कार्तिक।

नेपाली राष्ट्रिय पुरुष फुटवल टोलीले थ्री नेशन्स कपको पहिलो खेलमा आज घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। डुसान्बे स्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपालको समय अनुसार साँझ पौने सात बजे हुनेछ।

नविन न्यौपानेको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा यो पहिलो खेल हो। प्रि म्याच प्रेस कन्फरेन्समा बोल्दै न्यौपानेले आक्रमक फुटवल खेल्ने बताएका छन्। करिब दुई साताको तयारी गरेर नेपाल ताजकिस्तान पुगेको हो।

बलियो टोलीविरुद्ध पाएका अवसरलाई सदुपयोग गर्दै सकारात्मक नतिजा निकाल्ने न्यौपानेको योजना छ।

कप्तान किरण चेम्जोङले  शारिरीक र प्राविधिक रुपमा अब्बल ताजकिस्तानविरुद्ध आफुहरु मानसिक रुपमा खेल्न तयार रहेको प्रतिकृया दिए। नेपालले ताजकिस्तानसँग यसअघि खेलेका तीनै खेलमा हार बेहोरेको थियो। नेपाल पाँच महिनापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्दैछ।

गत जेठमा भएको फिफा विश्वकप छनौट अन्तर्गत यमनसँग नेपालले २–२ गोलको बराबरी खेलेको थियो।

ताजकिस्तान भने एसीयन कप २०२३ को क्वाटरफाइनलसम्म पुगेको थियो। फिफा वरियतामा नेपाल १ सय ७६ र ताजकिस्तान एक सय पाँचौ स्थानमा छ। थ्री नेशन्स कपमा नेपाल ताजकिस्तानसहित अफगानिस्तान सहभागी छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।